site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अर्को विमान हवाई तुफानमा, ३० यात्रु घाइते

ब्राजिल । एयर युरोपाको बोइङ ७८७–९ ड्रिमलाइनरको उडान सोमबार  स्पेनको मेड्रिडबाट उरुग्वेको राजधानी मोन्टेभिडियो जाँदा एयर टर्बुलेन्स ( हवाइ तुफान)मा परेको छ । उक्त एयर टर्बुलेन्समा ३० जना घाइते भएका छन् । 

विमान ब्राजिलमा आपतकालीन अवतरण गरिएको थियो । उक्त विमानमा ३२५ जना यात्रु सवार थिए । 

विमान एटलान्टिकमा ब्राजिलियन कोस्ट नजिक पुगेपछि टर्बुलेन्समा परेको थियो । घाइते यात्रुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

टर्बुलेन्सका क्रममा यात्रुको टाउकोमा ठोक्किनुका साथै अनुहारमा पनि चोट लागेका थियो । 

केही साताअघि दुइवटा एयर टर्बुलेन्सका घटना भएका थिए । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्