site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।

“प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने ।

उनले अब कांग्रेस वा एमालेको सरकार बन्ने अझै ‘क्लियर’ नभएको बताए । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुने उनले उल्लेख गरे । “बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन,” उनले भने ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानकि व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्