site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्