site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो बताएका हुन् ।

सम्झौता कार्यान्वयन गर्ने विषय दुई देशबीचको विश्वसनीयतासँग पनि सम्बन्धित रहेको उनले उल्लेख गरे । “दुई देशबीचको महत्त्वपूर्ण योजना हो, जसले नेपालको विकासमा धेरै ठूलो महत्त्व राख्छ,” उनले भने ।

भारतलगायत देशसँग गरिएका सम्झौता पनि कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्