site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपामा राजदूतका लागि छानिए सात जना, अन्तिम दुई नामको टुंगो वाग्ले र खनालले लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा राजदूतका लागि सात जना छानिएका छन् । रास्वपा अन्तर्राष्ट्रिय विभागले आइतबार साँझ पार्टी सभापति रवि लामिछानेलाई राजदूत सिफारिसका लागि सात जनाको सूची बुझाएको हो ।

अब सात जनामध्येबाट रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले दुई जनाको नाम सिफारिस गर्नेछन् ।

Argakhachi Cement Island Ad

त्यसका लागि उनीहरूले अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग छलफल गर्नेछन् । उनीहरूले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्राडा जयराज आचार्यसँग पनि परामर्श गर्ने रास्वपाले जनाएको छ ।

रास्वपाले अनलाइन फर्म र इमेलमार्फत राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन सार्वजनिक आह्वान गरेको थियो । जसमा २४० भन्दा बढी सुझाव प्राप्त भएको रास्वपाले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्