site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकको भिसा बिजनेस डेबिट कार्ड सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले ‘प्रभु बिजनेस डेबिट कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भिसा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नवीनतम् सुविधासहितका यो सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।

प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको बैंकले जानकारी गराएको छ ।

बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजननिम्ति लक्षित छ । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

ufgmg-1719749695.jpg
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्