site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
४.८३ अंकले घट्यो नेप्से, दुई समूहबाहेक सबैको परिसूचक राताम्य 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १४.८३ अंकले घटेको छ । नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको हो ।

यस दिन ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

तीन अर्ब ६० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ ।

फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्