site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाधिवेशन उद्घाटनअघि एकीकृत समाजवादीको र्‍याली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंमा र्‍याली निकालेको छ । पार्टीको महाधिवेशन सुरु हुनुअघि आइतबार समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको हो । 

र्‍यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्