site stats
बाह्रखरी :: Baahrakhari
देश
कपिलवस्तु र पाल्पामा भारी वर्षा, सतर्क रहन आग्रह 

काठमाडौं । पछिल्लो एक घण्टामा कपिलवस्तु र पाल्पाका  विभिन्न स्थानमा भारी वर्षा भएको छ । कपिलवस्तुको भगवानपुर, तौलिहवामा भारी वर्षा भएको छ । 

पाल्पाको बल्ड्याङगढी वर्षामापन केन्द्र र आसपास क्षेत्रमा पनि सामान्यदेखि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ । 

त्यसैले उक्त क्षेत्र भएर बहने तिनऊ, जमुवार खोलालगायत अन्य स–साना खोलाहरूको बहाव बढ्ने हुनाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्