site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको अनुशासन आयोगले सोध्यो महामन्त्री ढकालसँग स्पष्टीकरण
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई सार्वजनिक गरेको भन्दै शुक्रबार स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए ।

बुधबारमात्र  ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्