site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मैले त्याग्न केही बाँकी छ भने सबै त्याग्न तयार छु : अग्नि सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहमा उनले समाजवाद संविधानमा उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताए ।

उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको पनि बताए । उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए ।

"म के विश्वास दिलाउन चाहन्छु भने जीवनको अन्तिम घडीसम्म मैले त्याग्न केही कुरा बाँकी छ भने सम्पूर्ण कुरा त्याग्न म तयार छु । सारा तागत लगाएर हामी अघि बढौँ । नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भई छोड्नेछ," सापकोटाले भने ।

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्