site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा खोलाले बगाउँदा दुई जना बेपत्ता
प्रतीकात्मक तस्बिर ।

दमक (झापा)  । झापाको गौरीगञ्ज गाउँपालिका–१ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।

आज दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय खटिएको स्थानीय धनपति पौडेलले जानकारी दिए ।

यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुंगे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीहरूसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग फुटबल खेलेर फर्कने क्रममा साथीहरूसँग पौडी खेल्न उनी खोलामा पसेका थिए ।

सोही क्रममा बिकलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार आज बिहान नै पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनी मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्