site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथले भने– दाबी छोडेको बेकारको कुरा हो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूले अध्यक्ष पदको दाबी नछाड्ने बताएका छन् । 

बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको बताएका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए । 

तपाईंको नाममा सहमति हुन्छ ? भन्ने प्रश्नमा उनले भने– “म नहुनुपर्ने के छ र ?”

एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्