site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको बैठक : वरिष्ठ उपाध्यक्ष पद थप्नेबारे छलफल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी सचिवालय बैठकमा आउँदो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद थप्ने विषयमा छलफल भइरहेको छ । यसअघि पार्टीमा वरिष्ठ उपाध्यक्ष पद थिएन ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा पनि छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउनेबारे छलफल भइरहेको हो । 

"वरिष्ठ उपाध्यक्ष पद थप्ने र केन्द्रीय सदस्यको संख्या बढाउनेबारे बैठकमा छलफल भइरहेको छ, निर्णय भने हुन बाँकी छ,"  ती पदाधिकारीले भने । 

एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्