site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका ३८ वर्षीय निरन्जन कुमार छन् । उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनी काठमाडौं ब्रम्हटोलस्थित प्रतीक इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । प्रहरीको अनुसन्धानका क्रममा उनले करिब सात करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको खुलेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्