site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र)बीच आज एकता हुँदै छ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ । 

गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । 

Argakhachi Cement Island Ad

पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थिए । श्रेष्ठ नेसपा संयोजकमा चुनिएका छन् । 

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरेका छन् ।

सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।

ललितपुरस्थित एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट पार्टी पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोकिएको हो । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०५:४२
प्रतिक्रिया दिनुहोस्