site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ललितपुरमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौ । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको हो ।  

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिनेछ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।हाल लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा २५४ शाखा कार्यालय, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्