site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनका यी स्थानमा भइरहेको छ भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा भारी वर्षा भइरहेको छ । चितवनमा विभिन्न स्थानमा भारी वर्षा भइरहेको हो । 

चितवनको माडीस्थित कल्याणपुर वर्षामापन केन्द्र र आसपासमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

रिउ खोला र यसका सहायक खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा दिउँसोसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

पछिल्लो तीन घण्टामा चितवनको चरचरे, गोविन्दबस्ती वर्षामापन केन्द्र र आसपासमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्