site stats
बाह्रखरी :: Baahrakhari
देश
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध
फाइल तस्बिर ।

सुर्खेत । भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । 

निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । 

सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् । रासस

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्