site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदी रुस भ्रमणमा जाँदै
फाइल तस्बिर ।

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जुलाईमा रुसको भ्रमणमा जाने  जनाइएको छ । सो मामिला जानकार अधिकारीहरूका अनुसार त्यसक्रममा मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ ।

रुसको सरकारी न्युज एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले मोदीको भ्रमणको तयारी भइरहेको पत्रकारलाई बताएका छन् । 

उनका अनुसार प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ । भ्रमणको मिति दुवै पक्षले घोषणा गर्ने भएकोले आफूले नगर्ने उनले बताएका छन् । यद्यपि, यो भ्रमण हुने पक्का भएको उनले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री मोदी र रुसका राष्ट्रपति पुटिनबीच सेप्टेम्बर २०२२ मा उज्वेकिस्तानमा भएको संघाई कोअपरेसन अर्गनाइजेसनको बैठकका क्रममा भेट भएको थियो । बीबीसी

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्