site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अरविन्द केजरीवाललाई सीबीआईले तिहाड जेलबाटै गर्‍यो पक्राउ

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई)ले तिहाड जेलबाटै पक्राउ गरेको छ । उनलाई सीबीआईले मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा मंगलबार राति पक्राउ गरेको हो ।

यसअघि आजै दिल्ली उच्च अदालतले सोही घोटालामा ईडीले दायर गरेको मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको थियो । दिल्ली उच्च अदालतको निर्णयबारे भोलि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ ।

सुनुवाइअघि नै सीबीआईले उनलाई पक्राउ गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार सीबीआईले सोमबार केजरीवालमाथि अनुसन्धान गरेको थियो । 

राउज एभिन्यू अदालतले २० जुनमा केजरीवाललाई जमानत दिएको थियो । तर, २१  जुनमा ईडी राउज एभिन्यू अदालतको निर्णयविरुद्ध दिल्ली उच्च अदालत गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्