site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भुटानी शरणार्थीको फाइल फेरि खुल्दै छ, बाँसबारीको बन्द भएको छैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताएका  छन् । आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उनको दाबी छ ।

प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको जानकारी दिए ।

उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि बताए ।

“टीकापुरको फाइल खुलेको छ, काम भइरहेको छ । वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ,” उनले भने ।

उनले पतञ्जली आयुर्वेदको फाइल पनि आजैबाट खुलेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्