site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कम्युनिस्ट पार्टी पुनर्गठनको तयारी छ : सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिस्ट पार्टी पुनर्गठनको तयारी भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाएर बृहत् वामपन्थी एकीकरण गर्ने तयारी रहेको उनले उल्लेख गरे । उनले कम्युनिस्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको स्मरण गरे ।

नेपाली जनता वामपन्थीलाई मन पराउने मात्र नभएर फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन चाहिरहेको उनको भनाइ थियो । “...भन्न त अहिले के भनिरहेका छन् भने– वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ,” उनले भने, “नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् ।”

सापकोटाले समाजवाद भनेको गरिबी नभई सबैका निम्ति समृद्धि भएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्