site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको दुईवर्षे कार्यकालबारे ओलीले भने– राम्रै छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईवर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार रास्वपा स्थापनाको दुई वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले राम्रै रहेको प्रतिक्रिया दिएका हुन् ।

"शुभकामना छ । रास्वपाको दुईवर्षे कार्यकाल राम्रै छ," उनले संक्षिप्त टिप्पणी गरे ।

रास्वपा एमालेसँगको सहकार्यमा दोस्रोपटक सत्तारूढ गठबन्धनमा आबद्ध छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्