site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीका मुख्यमन्त्री केजरीवाल आज छुट्दै

नयाँ दिल्ली । शराब घोटाला प्रकरणमा जेलमा रहेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज छुट्ने भएका छन् ।

उनलाई बिहीबार राजउ एभिन्यु अदालतले शराब सम्बन्धी जोडिएको मनी लन्ड्रिङ विषयमा जमानत दिने फैसला गरेको थियो ।  केजरीवालका वकिल विवेक जैनले उनलाई जमानत मिलेको पुष्टि गरेका छन् ।

Argakhachi Cement Island Ad

उनी अहिले दिल्लीको तिहाड जेलमा छन् । आज (शुक्रबार) बेल बन्ड ड्युटी जजको सामुन्ने पेस गरिने जनाइएको छ । बन्ड स्वीकार भएमा उनी आज छुट्ने छन् । 

उनलाई गएको लोकसभा निर्वाचनको समयमा मे १० देखि जुन २ सम्म जमानत मिलेकोमा त्यसपछि उनी फेरि जेलमा हाजिर भएका थिए । उनलाई सुरुमा २१ मार्चमा गिरफतार गरिएको थियो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्