site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्