site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभन्न शीर्षकमाथि छलफल हुनेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्