site stats
बाह्रखरी :: Baahrakhari
खेल
मल्ल २७ रन बनाएर आउट, तोडियो अर्धशतकीय साझेदारी

काठमाडौं । आईसीसी विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध कुशल मल्ललाई छैटौँ विकेटको रुपमा गुमाएको छ ।

सोमबार सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले मल्ललाई १७औँ ओभरको चौथो बलमा गुमाएको हो । कुशलले २७ रन बनाए ।

Argakhachi Cement Island Ad

मल्ल आउट भएसँगै नेपालको अर्धशतकीय साझेदारीसमेत तोडिएको छ । मल्लले छैटौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५२ रनको साझेदारी गरेका थिए ।

जारी खेलको १७ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ७८रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्