site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसीमा सडक पूर्वाधारमा १० अर्ब ४१  करोड बजेट
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष सडक पूर्वाधार विकासतर्फ १० अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सडक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

प्रादेशिक महत्त्वका सडक, झोलुंगे पुल, सडक सुरक्षा, अतिविपन्नको आवास निर्माण, कोसी रिफ्रेसमेन्ट सेन्टर, घिनाघाट–विराटचोक सडक, दुई बेलीब्रिज खरिदलगायत विषयमा बजेट विनियोजन गरिएको उनले बताए ।

प्रदेशका उदीयमान सहर, व्यवस्थित मौलिक बजार निर्माण, स्थानीय निर्माण सामग्री उत्पादन गर्न बजेटमा कार्यक्रम समावेश गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्