site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–६, नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको बिहीबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

०८० चैतदेखि पटक–पटक ती किशोरीको बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइएको छ । उनले पछिल्लोपल्ट गएको जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित गेस्टहाउसमा लगी बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्