site stats
बाह्रखरी :: Baahrakhari
देश
तमोर नदीमा जलसतह सतर्कता तहभन्दा माथि, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । पूर्वी नेपालका केही भू–भागमा लगातार वर्षा हुँदा नदी तथा खोलामा जलसतह बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको छ ।  जल सतह बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्