site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले काभ्रे अध्यक्षमा भुर्तेल निर्वाचित

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा ३८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले पछि पार्दै भुर्तेल विजयी भएका हुन् ।

जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् । मतदानमा ६७९ जना सहभागी भएका थिए ।

धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी १०५ जना निर्वाचित भएका छन् । रासस
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्