site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध पाकिस्तानले गुमायो पाँचौँ विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले सदाब खानलाई पाँचौँ विकेटको रुपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले सदाबलाई ओभरमा १६.३ लाई चार रनमा गुमाएको हो । सदाबलाई भारतका हार्दिक पन्ड्याले विकेटकिपर ऋषब पन्तबाट क्याच गराए ।

जारी खेलको १६.४ ओभर सकिँदा पाकिस्तानले पाँच विकेट गुमाएर ८९ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०१:०३
प्रतिक्रिया दिनुहोस्