site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध पाकिस्तानले गुमायो दोस्रो विकेट, उस्मान १३ रन थपेर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले उस्मान खान दोस्रो विकेटको रुपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले खानलाई ओभरमा १०.१ लाई १३ रनमा गुमाएको हो । आजमलाई भारतका अक्षर पटेलले एलबीडब्लूको धरापमा पारे ।

जारी खेलको १०.४ ओभर सकिँदा पाकिस्तानले दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ००:३३
प्रतिक्रिया दिनुहोस्