site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतका ब्याटर दुवे पाँचौँ विकेटको रूपमा आउट, नसिमले लिए विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतले शिवम दुवेलाई पाँचौँ विकेटको रूपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १३.२ ओभरमा दुवेलाई गुमाएको हो । तीन रन बनाएका दुवेलाई पाकिस्तानका नसिम साहले कट एन्ड बोल्ड गरे । भारतविरुद्ध नसिमको यो तेस्रो विकेट हो । नसिमले यसअघि विराट कोहली र अक्षर पटेललाई आउट गरेका थिए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर ९६ रन बनाएको छ । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्