site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड अड्किए

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा आइतबार बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

खच्चड अछामबाट दैलेख जाँदै गरेको दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू निरीक्षणमा गएका छन् । 

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्