site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्ड टस जितेर फिल्डिङमा

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाविरुद्ध आयरल्यान्डले पहिले फिल्डिङ गर्ने भएको छ । 

शुक्रबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले फिल्डिङको निर्णय गर्दै क्यानडालाई ब्याटिङमा निम्त्याएका हुन् । 

समूह ‘ए’मा रहेका दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा क्यानडा अमेरिकासँग सात विकेटले पराजित भएको थियो । यता, आयरल्यान्ड पनि पहिलो खेलमा भारतसँग आठ विकेटले हारेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्