site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदलाई पाँच करोड चलाउन दिने मधेश सरकारको निर्णय 

काठमाडौं । मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । 

शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । 

पदभार ग्रहणका क्रममा गरेको घोषणालाई मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका हुन् । मधेस प्रदेशमा शुक्रबार नयाँ सरकार गठन भएको हो ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्