site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै अमेरिका

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अमेरिकाले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । 

बिहीबार टेक्सासस्थित ड्यालसमा हुने खेलका लागि भएको टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले फिल्डिङ रोजेका हुन् ।

प्रतियोगितामा अमेरिकाको यो दोस्रो खेल हो । समूह 'ए'मा रहेको अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो ।

पाकिस्तानको भने जारी विश्वकपको यो पहिलो खेल हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्