site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रालयको भागबन्डा नमिल्दा मधेसको मुख्यमन्त्रीको दाबी पेसमा ढिलाइ

काठमाडौं । मन्त्रालयमा भागबन्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेसमा ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबीच सहमति भइसकेको छ ।

जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ । तर, बिहान ११ बजेदेखि भागबन्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी)ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा नमिलेको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्