site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
युनिलिभरले ‘सफा हिमाल अभियान’का लागि सहयोग जारी राख्ने

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि जेठ २३ गतेसम्म ‘सफा हिमाल अभियान–२०२४’ सञ्चालन भएको थियो ।

युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ । यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार किलोभन्दा बढी फोहोर र एक थान कंकालसहित पाँच शवको अवशेष संकलन गरिएको छ ।

Argakhachi Cement Island Ad

safa-1717675390.jpg
 

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा सहयोग गरेको थियो । नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर संकलन भएको छ । १२ जनाको शवको अवशेष संकलन भएको बताइएको छ । 

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई सरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन् । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्