site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हेयर एन्ड शान्ति युनिसेक्स सैलुन र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स हायर सैलुनमा छुट हुने भएको छ । प्रभु बैंक र  हेयर एन्ड शान्तिबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्यसम्बन्धी सेवा सुविधामा छुट दिने सम्झौता भएको हो ।

यो सम्झौतासँगै हेयर एन्ड शन्ति युनिसेक्स हायर सैलुनबाट दिइने सेवामा बैंकका कर्मचारी र ग्राहकलाई छुट हुनेछ । एक समारोहका बीच हेयर एन्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एन्ड शान्तिमा सौन्दर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङबाहेक ग्राहकलाई १० प्रतिशत र कर्मचारीलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरूले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने छ ।

हेयर एन्ड शान्तिले दुई दशकदेखि काठमाडौंभित्र आठ र पोखरामा एक, वीरगञ्जमा एक, हेटौँडामा दुई र नारायणघाटमा एक शाखामार्फत सेवा दिँदै आएको छ ।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्