site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
...अनि संसद्‌मा गुन्जियो हाँसो

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । छलफलमा भाग लिन रोस्ट्रम उक्लिए प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी । 

केसी रोस्ट्रममा पुगेर बोल्न थाले । उनले भने, “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रियसभामा उत्पति भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा हामी छलफल गर्दै छौँ ।” 

उनी यतिमै रोकिएनन् । यो अत्यन्त संवेदनशील भनेपछि केही बेर रोकिए । त्यसपछि सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक भएको स्मरण गराइन् । अनि केसीले भने सुरक्षण विधेयकमा छलफल हैन ? 

जवाफमा रानाले हैन विनियोजन विधेयकमा भनिन् । त्यसपश्चात् सांसदहरू गलल हाँसे । त्यसपछि केही बेर मौन रहँदै केसीले हाँस्दै बोल्न थाले । २०८१ को विनियोजन विधेयकमा म केही कुरा राख्न चाहन्छु भन्दै उनी अघि बढे । 

“वास्तवमा ०८१/८२ मा जे भएको छ यसमा समग्र रूपमा म चाहिँ सुरक्षण मुद्रणसम्बन्धी विषयमा बोल्न आएको थिएँ । यद्यपि, अब विनियोजन विधेयकमा पनि छलफल गर्नुपर्ने भयो,” उनले आफ्नो गल्ती स्वीकार गर्दै भने, “तल्लोमा बोल्ने हिसाब थियो मेरो, म अर्को पटक यसैमा बोल्ने हिसाब गर्दछु ।”
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्