site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वुलिङको बिंगो ईभीले पायो उत्कृष्ट सिटी कारको उपाधि

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड वुलिङको बिंगो गाडीले उत्कृष्ट सिटी कारको उपाधि पाएको छ । इन्डोनेसियाको जाकर्तामा आयोजित अटोमोटिभ अवार्ड २०२४ मा  बिंगो ईभीले उत्कृष्ट सिटी कारको उपाधि पाएको हो ।

वुलिङले बिंगो ईभीलाई आधुनिक डिजाइन र उन्नत प्रविधिका कारण अन्य सवारीसाधनभन्दा फरक दाबी गरेको छ ।बिंगो ईभीमा चालकका लागि आरामदायी अनुभव, पर्फमेन्स र सुरक्षा सुविधा विशेष रहेको बताइएको छ ।

वुलिङ मोटर्स वातावरणमैत्री विद्युतीय सवारीसाधन विकास गर्न गम्भीर रहेको स्पष्ट प्रमाण यो अवार्ड भएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्