site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल हुनेछ । समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्