site stats
बाह्रखरी :: Baahrakhari
खेल
अस्ट्रेलियाविरुद्ध ओमान फिल्डिङमा

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध ओमानले पहिले फिल्डिङ गर्ने भएको छ ।

बिहीबार ब्रिजटाउनमा हुने खेलका लागि भएको टस जितेर ओमानका कप्तान अकिब इल्यासले फिल्डिङको निर्णय गर्दै अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्रतियोगितामा ओमानको यो दोस्रो खेल हो । यसअघि इल्यासको कप्तानीमा रहेको ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । अस्ट्रेलियाको भने यो प्रतियोगिताको पहिलो खेल हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्