site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्नपूर्ण केबुलकार र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ ।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ । 

अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त केबुलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लमजुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबाराही, हरियाली प्राकृतिक छटाहरूको दृश्यका साथसाथै सूर्योदय र सूर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्