site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक दिनमै १७ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम गएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही जेठ १८ गते छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो रेकर्डलाई आज ‘ब्रेक’ गरेको हो ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एकैदिन २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्