site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

आज कार्यसूचीमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०५:४७
प्रतिक्रिया दिनुहोस्