site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालगन्जमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका दुई शाखाहरूमध्ये वडा नम्बर २, कर्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिका– १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र ८ मा रहेका दुई वटा शाखा गाभी सोही नगरपालिकाको वडा न. ७, नारायणस्थान (साविक सन्‌राइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल बैंकले २५ ४ शाखा, ३१८ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्टमार्फत् सेवा दिँदै आएको छ ।
    

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्